भर्खरै

दाङमा दुई स्थानमा हावाबाट बिजुली निकाल्ने तयारी

  • प्रकाशित मिति : Wed-11-Mar-2020
  • - Admin
title
दाङ, फागुन । दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्न दुई स्थानमा तयारी भइरहेको छ ।
दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि तयारी भएको हो । 
स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी काम अगाडि बढाइएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए ।
उनका अनुसार ‘कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा नभएतापनि स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।’ अहिले ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खाा पनि जडान गरिएको छ । 
असी मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खााले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्ने इञ्जिनीयर दुलालको भनाई छ ।  
गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको त छ तर एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने उनले बताए ।  उनले भने, ‘दुई वर्षसम्म यसको तथ्याड्ढ निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन शुरु हुन्छ ।’
 
इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने भन्दै पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उनको भनाइ छ । 
अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । उनका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago