भर्खरै

रसुवागढी आयोजनाको ७५ प्रतिशत मात्रै काम सम्पन्न, आयोजना समयमा नै सम्पन्न नहुने

  • प्रकाशित मिति : Wed-11-Mar-2020
  • - Admin
title

 
 
रसुवा, फागुन ।  चिलिमे जलविद्युत कम्पनीद्धारा प्रवद्र्धन गरिएको रसुवामा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको हाल सम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सन् २०१४ बाट निर्माण कार्य सुरु गरिएको उक्त आयोजनाको ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो । 
 
आउँदो असारभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण भइरहेको सो आयोजना तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको हो ।  आयोजना प्रमुख छविलाल गैरेले आयोजना असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको भएपनि तोकिएको समयमा उत्पादन गर्न नसकिने बताएका हुन् ।  
आयोजनाको सर्ज साफ्ट टनेलभन्दा माथि २०१९ जुन २० मा आएको पहिरोले आयोजनाको सर्ज साफ्ट निर्माण कार्य ६ महिनापछि मात्रै सुरु भएको थियो । त्यसबाहेक गत भदौमा आएको बाढीले आयोजनाको कफर ड्याम लगायत भौतिक संरचनामा क्षति पु¥याएको थियो । ७० मिटरको टेलरेस सुरुङ निर्माणका लागि अत्यन्तै कमजोर भौगर्भिक अवस्थाका कारण उक्त काम समेत ढिला भएको  प्रमुख गैरेले बताए । 
 
प्रमुख गैरेका अनुसार आयोजनामा हाल ५ सय ५० जना नेपाली कामदार तथा जनशक्ति कार्यरत छन् । तर, चिनियाँ कामदार भने १ सय ३० जना कार्यरत छन् । २ सय चिनियाँ कामदार कार्यरत रहेकामा चिनियाँहरूको पर्व ‘स्प्रिङ फेस्टिभल’ मनाउन चीन गएका ७० कामदार कोरोना भाइरसको महामारी देखिएपछि फर्किन सकेका छैनन् । यसले गर्दा आयोजना असारभित्र पूरा नहुने उनले बताए । 

प्रतिक्रिया