भर्खरै

एल एण्ड टी ब्राण्डका स्वीच गेयर र मोडुलर स्वीच नेपाली बजारमा

  • प्रकाशित मिति : Wed-04-Mar-2020
  • - Admin
title
 
काठमाण्डौ,फागुन । विगत २७ वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा कन्स्ट्रक्सनका सामग्रीहरु बिक्रि वितरण गर्दै आईरहेको क्षमादेवी लाइट हाउस प्रा.लि. ले फेरि एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु बजारमा ल्याएको छ । भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयरलाई सोमबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम गरी बजारमा ल्याएको हो । 
 
डिलर मिट कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होम बहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय  सामग्री पु¥याउने उद्धेश्यले हामीले मल्टी नेशनल कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताए । कम्पनीको मुख्य लक्ष्य गुणस्तरीय सामानहरुको बिक्रि वितरण गर्नु रहेको बताउँदै यस प्रोडक्टको बजारीकरणमा प्रमुख भूमिका डिलरहरुको रहने भएकोले विगतका दिनमा जस्तै आगामी दिनहरुमा पनि साथ सहयोग गर्नुहुन सम्पूर्ण डिलरहरुलाई आग्रह गरेका छन् । 
 
त्यस्तै कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले व्यवसायलाई प्रोडक्टको गुणस्तर र सेवा दुई कुराले प्रभाव पार्ने बताए । महासंघको गुणस्तरीय सामानको आयात,निर्यात र बिक्रि वितरण गरौंं भन्ने नारालाई मिल्ने गरी प्रोडक्ट बजारमा ल्याएकोमा शुभकामना व्यक्त गरेका छन् । यो एल एण्ड टी ग्रुप १४० वटा देशहरुमा सामान निर्यात गर्ने ठूलो रहेकोले आगामी दिनमा यस्ता प्रोडक्ट नेपालमा नै उत्पादन गर्न आग्रह समेत गरेका थिए ।  
 
 विभिन्न कलर र रेञ्जहरुका साथ नेपाली बजारमा प्रतिस्पर्धाका लागि ल्याइएको यस स्वीचमा कम्पनीले १५ वर्षको ग्यारेन्टी दिइएको छ । यो स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकोले विशेष गरी हस्पिटल, ठुला–ठुला प्रोजेक्ट र होटेल तथा रेष्टुरेन्टमा प्रयोग हुने
गरेको कम्पनीले जनाएको छ । सोमबारदेखि नेपालभर बिक्रि वितरण गर्न शुरु भएको छ ।  कार्यक्रममा २०० जना डिलर र १०० जना इन्जिनियरहरुको उपस्थित रहेको थियो ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago