इलेक्ट्रिसियन संघको बनभोज कार्यक्रम सम्पन्न
- प्रकाशित मिति : Tue-03-Mar-2020
- - Admin
काठमाण्डौ, फागुन । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको हक हितका लागि काम गर्दै आएको नेपाल इलेक्ट्रिसियन संघले आयोजना गरेको बनभोज कार्यक्रम सम्पन्न भएको छ । बनभोज कार्यक्रम यहि फागुन १७ गते एसियाको नै प्रथम जलविद्युत आयोजना फर्पिङ्ग पावर हाउसमा सम्पन्न भएको हो ।
२० ६४ सालमा प्रेमनिधि कँडेलको अध्यक्षता स्थापना भएको इलेक्ट्रिसियन संघले इलेक्ट्रिसियनहरुको हक अधिकारका लागि काम गर्दै आएको छ । नेपालभरका ११ सय भन्दा बढी इलेक्ट्रिसियनहरु आवद्ध रहेको संघले हरेक वर्ष बनभोज कार्यक्रमको आयोजना गर्दै आएको संघका कोषाध्यक्ष एवं बनभोज कार्यक्रमका संयोजक पदमनाथ शर्माले बताए । उनका अनुसार बनभोज कार्यक्रम इलेक्ट्रिसियनहरुको मनोरञ्जन तथा इलेक्ट्रिसियनहरु बीच एकता बढाउनका लागि आयोजना गरीएको बताए ।
त्यस्तै संघका अध्यक्ष प्रकाश दाहालले इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिका लागि संघले समय समयमा विभिन्न तालिम प्रदान गर्दै आएको बताए । इलेक्ट्रिसियनहरुलाई प्रमाण पत्रको व्यवस्था गर्नका लागि सरकार सँग आवश्यक पहल गर्दै आएको उनले जानकारी दिए । त्यस्तै इलेक्ट्रिसियनहरु स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न हस्पिटलसँग इलेक्ट्रिसियनहरुको स्वास्थ्य उपचारका लागि छुटको व्यवस्था गर्नका लागि पहल भइरहेको पनि उनले बताए । बनभोज कार्यक्रममा विभिन्न खेल कार्यक्रम हुनुका साथै उत्कृष्टलाई पुरस्कार समेत प्रदान गरीउको थियो । कार्यक्रममा १ सय ५० भन्दा बढी इलेक्ट्रिसियनहरुको उपस्थिति रहेको थियो ।