नुप्चे–लिखु आयोजनामा एचआइडिसिएलले लगानी गर्ने

  • प्रकाशित मिति : Tue-03-Mar-2020
  • - Admin
title

काठमाण्डौ, फागुन ।  भिजन इनर्जी एन्ड पावरले निर्माण गर्न लागेको ५७.५ मेगावाट क्षमताको नुप्चे–लिखु जलविद्युत आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले स्वपुँजी (इक्टिी) लगानी गर्ने भएको छ ।
एचआईडीसीएलले स्वपुँजी लगानी गर्न लागेको यो निजी क्षेत्रको यो पहिलो आयोजना हो । आयोजनामा एचआइडिसिएलले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने छ ।
आइतबार एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेल र कम्पनीका अध्यक्ष टिएन आचार्यले हस्ताक्षर गरेका छन् । आयोजनाका लागि चार वर्षभित्र अर्थात २०८० मा विद्युत उत्पादन गर्ने समय तोकिएको छ ।

प्रतिक्रिया