४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा छौ : ऊर्जा मन्त्री पुन

  • प्रकाशित मिति : Mon-02-Mar-2020
  • - Admin
title

 
काठमाण्डौ, फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले यो वर्ष ४० जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गर्ने योजना रहेको बताएका छन् । उज्यालो नेपाल अन्र्तगत मिनिग्रिड विशेष कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । विद्युतीकरण नभएका स्थानमा विद्युतको पहुँच पुर्याउनका लागि मिनिग्रिड योजना सुरुवात गरीएको मन्त्री पुनले जानकारी दिए ।
 
विद्युतको केन्द्रिय प्रशारण लाईन नपुगेका , भौगोलिक जटिता रहेका स्थान, उच्च पहाडी तथा हिमाली जिल्लालाई लक्षीत गर्दै यो योजना सुरुवात गरेको र हाल १२ वटा मिनिग्रिड सुभारम्मभ भइसकेको उनले बताए ।  मिनिग्रिड सञ्चाललनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र १० प्रतिशत स्थानीय तह, कम्पनी वा सहकारीका तर्फबाट निर्माण गर्न सकिने उनले बताए । मन्त्री पुनका अनुसार गत वर्ष देखि नै संचालन भएको यो योजना आगामी दुई वर्ष भित्र सबै नेपालीको घरघरमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका रहेको बताए । यो वर्ष दुई सय मिनिग्रिड सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
 
त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सबै नेपालीको घर घरमा विद्युतको पहुँच पुर्याउने उद्धेश्यका साथ मिनिग्रिड योजना सुरुवात गरीएको बताए । चालू वर्ष निर्माण हुने ४५ आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सकिएको उनले जानकारी दिए ।  १८ आयोजनाको कार्यान्वयन गर्न बोलपत्र आह्वान गरिने पनि उनले बताए । आमी तीन वर्ष भित्र ६ सय मिनिग्रिड बनाउने योजना रहेको उनले बताए ।
 
 त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले जलवायु परिर्वतनले  वातावरणमा पार्ने प्रभावको न्युनिकरणका लागि नविकरणीय ऊर्जा उपयुक्त रहेको बताए ।  नविकरणीय ऊर्जाका स्रोतबाट १ सय २७ मेगावाटका आयोजना निर्माण गर्ने गरी मिनी ग्रिड कार्यक्रम अघि बढेको बताए ।
 
 
कार्यक्रममा केन्द्रले हुम्ला र डोल्पाका २ गाउँपालिकासँग १२ आयोजना निर्माण गर्न सम्झौता गरेको छ । हुम्लाको ताजगोठ गाउँपालिका प्रमुख बागदल मल्लसँग १२५ किलोवाटका ४ आयोजना निर्माण गर्न सम्झौता गरेको छ ।  त्यस्तै डोल्पाको सेफोक्सुण्डो गाउँपालिका प्रमुख तासी गुरुङसँग ५० किलोवाटका ४ आयोजनाको सम्झौता गरेको हो ।
 
 
 
 

प्रतिक्रिया