भर्खरै

तल्लो तादी खोला आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

  • प्रकाशित मिति : Fri-28-Feb-2020
  • - Admin
title

नुवाकोट, फागुन । तल्लो तादीखोला जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । २०७७ सम्म  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणाधिन उक्त आयोजनाको सिभिल सहित ८५ प्रतिशत काम सम्पन्न भएको हो ।
  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीद्धारा निर्माणधिन सो आयोजना अबको ३ महिना भित्र  सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।  ०७७ जेठ मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी आयोजना  निर्माण भइरहेको उनले जानकारी दिए । 
 
आयोजनाको तादीखोला र चन्द्रवती खोलाको संगमस्थल समुद्रटार दोभानमा बाँध बनाएको छ । आयोजनाको विद्युतगृह लगायत संरचना बाहिर छन् । बाँधस्थल दुप्चेश्वर गाउँपालिका–५ हुँदै पञ्चकन्या गाउँपालिका–४ थप्रेक नौटारीमा तीन हजार मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पानी पठाई बिजुली उत्पादन गरिनेछ  । आयोजनाको निर्माण लागत ९८ करोड रुपैयाँ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago