भर्खरै

दोर्दी “ए” ले सर्वसाधरणका लागि शेयर निष्काशन गर्दै

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • -
title


लमजुङ, फागुन । २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले सर्वसाधरणका लागि शेयर निष्कासन गर्ने भएको छ । आगामी चैत्र महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि शेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले फागुन महिना भित्रै शेयर निष्कासनको तयारी गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सञ्चालक वस्तीका अनुसार १५ करोड रुपैयाँ बरावरको शेयर जारी गर्न लागेको बताए । जिल्ला भित्र अति प्रभावित क्षेत्रका लागि रु पाँच करोड, सामान्य प्रभावितका लागी रु पाँच करोड र त्यो बाहेक जिल्लाबासीका लागि थप रु पाँच करोड गरी रु १५ करोड रुपैयाको शेयर आह्वानको तयारी भइरहेको उनले बताए ।
कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिए बमोजिम संस्थापक शेयर धनीहरुलाई ‘क’ वर्ग र सर्वसाधारण शेयर धनीहरुलाई ‘ख’ वर्गमा विभाजन गरेको छ । ‘ख’ वर्गको शेयरमा आयोजना प्रभावित जिल्लाबासी, स्थानीय सर्वसाधारण, कर्मचारी र अन्य सर्वसाधारणहरु रहेको कम्पनीले जनाएको छ । जसमध्ये ७५ प्रतिशत शेयर ‘क’ वर्गका संस्थापक शेयरधनी तथा २५ प्रतिशत ‘ख’ वर्गका सर्वसाधरण लागि विभाजन गरेको छ । जारी पुँजीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा उक्त कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ (साविक ढोडेनी र फलेनी गाविस) रहेको छ ।

कम्पनीले स्थानीयलाई छुट्याएको ३३.३३ प्रतिशत मध्ये पाँचलाख कित्ता अति प्रभावित, दोर्दी गाउँपालिकाको बाँकी वडाहरु र बेसीशहर नगरपालिका वडा नम्वर ११ (साविक चिती गाविस) का स्थानीयका लागि पाँच लाख कित्ता र सो बाहेक जिल्लाबासीका लागि अर्को पाँचलाख कित्ता शेयर निष्काशन गरी बाडफाँडको तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले छुट्याएको क्षेत्रमध्ये अति प्रभावित क्षेत्रबाट माग बमोजिम दरखास्त प्राप्त नभएमा बेसीशहर–११ र दोर्दी गाउँपालकिाको बाँकी वडाबासी र सो क्षेत्रबाट पनि माग बमोजिम दरखास्त प्राप्त नभएमा सम्पूर्ण जिल्लाबासीहरुमा शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीले शेयर निष्काशनका लागि गत बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३७ लाख ५० हजार कित्ता शेयर निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले जारी गर्न लागेको शेयर बिक्री प्रबन्धक तथा शेयर निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको जनाएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago