भर्खरै

माथिल्लो तामाकोशी तोकिएको समयमा पूरा नहुने, लागत ७५ अर्ब नाघ्ने अनुमान

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, फागुन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको ४५६ मेगावाट क्षमताको सो आयोजनामा काम गर्ने कर्मचारीहरुमा जति काम गर्ने समय लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरुपमा फाइदा पुग्ने मनोवृति देखिएकोले समय सीमाभित्र कार्य पूरा नहुने स्थानीयवासीको भनाई छ । तीन वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आनो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए । “यस पटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ”, उनले भने, “जनताले बुझाएको राजश्वको उपहास गर्दै तामाकोशी जलविद्युत् आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएको उनले आरोप लगाएका  छन् ।” उनले जनताले खाई नखाई जगेर्ना गरेको शेयर रकमको समेत बेवास्ता गरिएको बताउँदै आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा ढिलाइ भइरहेको छ भने । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको बताए । उनले भने, पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ ।

नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ । आयोजनाको लागत ७० अर्ब माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब ५० अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए । समग्रमा आयोजनाको प्रगति ९९ दशमलब चार प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । आजसम्ममा ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २२० मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १३० मिटर पेनस्टक पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्ड्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम एन्ड्रिजलाई दिइएको थियो भने माथिल्लो ठाडो सुरुङमा टेक्सम्याकोले नै पेनस्टक पाइप जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजना आगामी असोजभित्र सम्पन्न गर्ने तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago