भर्खरै

बैतडीमा विद्युत राष्ट्रिय प्रसारण लाइनको काम सुरु

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • - विद्युत संसार संवाददाता
title

बैतडी, फागुन । बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम सुरुवात भएको छ । जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा राष्ट्रिय प्रसारण पु¥याउने काम सुरु भएको हो ।

 नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार  पाटन र मेलौलीमा सवस्टेशन राख्ने जनाएको छ ।  कार्यालयका प्रमुख सतिशकुमार कर्णले पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम सुरु भइसकेको बताए । सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिलाई ठेक्का दिएको छ । एक वर्ष भित्र सम्पन्न गर्ने योजनाका साथ  गत जेठ ७ गते  उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ ।

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि एक वर्ष भित्र सक्ने गरेर अमृत इन्द्रधनु जेभीसँग दुई करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुुख कर्णले जानकारी दिए । सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि सुरु भइसकेको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रसारणमा पहुँच पु¥याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम सुरु भएको हो ।


 

प्रतिक्रिया