भर्खरै

सोलु कोरिडोर प्रसारणलाइनको अवरोध हटाउन फिल्डमैं पुगे कुलमान, आयोजनाको रुट सार्न सकिदैंन : कुलमान

  • प्रकाशित मिति : Mon-24-Feb-2020
  • - विद्युत संसार संवाददाता
title


काठमाडौं,फागुन ।
नेपाल विद्युत् प्राधिकरणले उदयपुरको कटारी नगरपालिका–४, मरुवामा दुई वर्षअघिदेखि निर्माण अवरोध भइरहेको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको अवरोध हटाउने प्रयास गरिरहेको छ । सो आयोजनाको अवरोध हटाउन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ् आइतबार फिल्डमा नै पुगेर त्यहाँका जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुसँग छलफल भएको छ ।

प्राधिकरणका अनुसार त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नुपर्नेछ । स्थानीयको  अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउन सक्ने देखिएकोले त्यो अवसथा आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरू, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीलगायतको टोलीले अवरोधस्थलको निरीक्षण गरेको छ । छलफलका क्रममा निर्देशक घिसिङले सबै प्रक्रिया पूरा गरेर निर्माण भइरहेको यस्तो संवेदनशील आयोजनाको अहिले आएर रुटलाई अलिकति पनि दायाँबायाँ गर्न नसकिने भन्दै रुट सारे लाइन नै बनाउन नसकिने बताए ।  

उनले भने घनावस्ती र खेतीयोग्य जमिनलाई कम क्षति पुग्ने गरी रुट तय भएकोले छ , यो आयोजनाको अवरोध नहटे निजी क्षेत्रमा जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा सिर्जना हुन्छ ।
हामी लाइनमुनि पर्ने जग्गाको क्षतिपूर्ति रकम अधिकतम उपलब्ध गराउन प्रयास गर्ने छौं । “आयोजनाले उपलब्ध गराउनसक्ने अन्य सुविधा र सामाजिक उत्तरदायित्व अन्तर्गतका कामका बारेका छलफल गरौं, लाइन तत्काल बनाउनु पर्ने दवाब भएकाले अवरोध हटाएर निर्माणमा सहयोग गरिदिनु पर्यो,” घिसिङले आग्रह गरे ।

घिसिङले ऐलानी जग्गाको भोगचलन गरी फिल्डबुकमा नाम भएमा मूल्याङकित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नाम नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले अन्य आयोजननाहरूमा यसअघि नै गरिसकेकाले यहाँ पनि उक्त सुविधा उपलब्ध गराइने बताए । प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमुनि ९÷९ मिटर दायाँ र बायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिँदै आएको छ ।
सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई  सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारण लाइनमा पर्ने ३ सय ३ टावरमध्ये २ सय ४८ वटाको जग हालिएको र १६० खडा गरिएको छ । ३१ किलोमिटर तार तानिएको छ ।

सोलुखुम्बुको  तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । यो सँगै सिराहाको लाहानबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ । २३.५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् अस्थायी वैकल्पिक व्यवस्थाको रुपमा यही ३३ केभी लाइनबाट जोड्ने प्रयास भइरहेको छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ सालको चैतमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago