भर्खरै

खोरुङ्गाखोला आयोजनाबाट विद्युत उत्पादन, प्रधानमन्त्रीद्वारा समुद्घाटन

  • प्रकाशित मिति : Sun-23-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौ,फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेको छ ।
 
तेह्रथुमको खोरुङ्गामा निर्माण भएको कूल ७.५ मेगावाट क्षमताको खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिबार उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको हो ।
 
सो आयोजना उद्घाटनलगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । 
प्रधानमन्त्रीले आयोजनाको उद्धाटन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो । गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ ।
 
समयमा काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गरेका आयोजनामध्ये खोरुङ्गाखोला आयोजना एक हो । “ठूलो मेहनत गरेर आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गराउन पाउँदा मलाई असाध्यै खुशी लागेको छ”, प्रबन्ध सञ्चालक डाँगीले भने, “काम शुरु भइसकेको आयोजनालाई काम नभएको भन्दै आयोगले अनुमतिपत्र नै खारेज गरिदिएको थियो । तीन वर्षका अवधिमा विद्युत् खरिदबिक्री सम्झौता, वित्तीय व्यवस्थापन गरी आयोजना नै सम्पन्न ग¥याँै ।”
 
विसं २०७३ माघदेखि निर्माण शुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि शनिबारदेखि व्यावसायिक उत्पादन शुरु भएको हो ।
स्थानीय खोरुङ्गाखोलाको पानी इवाखोलामा झारेर विद्युतगृहमा पठाई विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको शुरुमा कूल लागत रु एक अर्ब ३७ करोड अनुमान गरिए पनि रु एक अर्ब ३२ करोड मात्रै खर्च भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब रु १७ करोड ६० लाख छ । आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र साविकको जनता बैंकले ऋण लगानी गरेका छन् ।
 
आयोजनाको हाइड्रोमेकानिकलको काम श्रीभगत् कन्स्ट्रक्शन, इलेक्ट्रोमेकानिकलतर्फ एण्ड्रिज हाइड्रो रहेको छ । आयोजनाको विद्युतगृह तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका ६ मा पर्छ । आयोजनाको इन्टेक र एलाइन्मेन्ट भने वडा नं ४ र ५ मा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago