भर्खरै

मर्मतका लागि कालीगण्डकी विद्युत्गृह बन्द

  • प्रकाशित मिति : Fri-21-Feb-2020
  • -
title
काठमाण्डौ, फागुन । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त  जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो ।
 
प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
 
नदीमा पानी घटेका कारण हाल दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको सो अर्धजलाशययुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको छ । स्याङ्जाको मिर्मीमा रहेको सो आयोजनाको विद्युत्गृहमा कूल ४८÷४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिँदै आएको छ । 
 
मुलुककै ठूलो विद्युत्गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । उहाँले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदालाई ध्यान दिएर मर्मत शुरु गरिएको जानकारी दिनुभयो । 
 
बिदाको समयमा विद्युत् माग कम हुने भएकाले यही समयलाई उपयोग गरिएको प्राधिकरणले जनाएको छ । उहाँले भन्नुभयो, “खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत्गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आम उपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौँ, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्ने छ ।” सो विद्युत्गृहका प्रमुख पशुपतिराज गौतमले २४सै घण्टा काम गरेर मर्मतकार्य सम्पन्न गरिने जानकारी दिनुभयो । मर्मतमा ३७ प्राविधिक खटिएका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago