भर्खरै

जलविद्युत् आयोजनामा कोरोनाको प्रभाव, दुई आयोजनाको काम ठप्प

  • प्रकाशित मिति : Wed-19-Feb-2020
  • - Admin
title

 
काठमाडौं,फागुन  । नेपालको छिमेकी राष्ट्र चीनमा केही दिन यता एउटा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारणले जलविद्युत आयोजनाको काममा बाधा पुगेको छ ।  गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि कामदारहरु काममा आउन नसक्दा नेपालका दुई विद्युत आयोजानको काममा  बाधा पुगेको हो । 
दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ र रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरमा काम गर्ने कामदार आउन नसक्दा पूर्णरुपमा प्रभावित बनेको छ । खिम्ती–२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो । दुवै आयोजना निर्माणमा ठेकेदार कम्पनीले चिनियाँ कामदार लगाएको थियो ।
चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए । ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ ।’ अब कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago