भर्खरै

दैनिक विद्युत् कटौती हुँदा स्थानीय र व्यवसायी समस्यामा

  • प्रकाशित मिति : Wed-19-Feb-2020
  • - Admin
title

 
डोटी,फागुन । विगत दुई हप्तादेखि दिपायल लगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई समस्या परेको छ । अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा, मेल्लेख, सायल, मुडभारा, कालागाढ, कपल्लेकी, रानागाउँ, वासुदेवीलगायतका ठाउँका व्यवसायी तथा स्थानीयवासी बढी मर्कामा परेको हो । 
 
नेपाल विद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रले दैनिक ५÷५ मिनेटको फरकमा एकै पटकमा तीन÷चार घण्टा विद्युत् कटौती गर्ने गरेका कारण यहाँका स्थानीयलाई निकै सास्ती भएको सथानीयहरुको भनाई छ ।  जिल्लामा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदासमेत सम्बन्धित निकायले समस्या समाधान गर्नतर्फ कुनै पहल नगरेको स्थानीयको आरोप छ ।
 
यहाँका सेवाग्राहीले विद्युत् कटौतीको बारेमा फोन गरेर विद्युत् कार्यालयमा जानकारी लिन खोज्दा प्रत्येक पटक सिस्टम गएको भन्ने बाहेक अन्य कुरा कर्मचारीले नबताउने गरेका स्थानीयवासीले गुनासो गरेका छन् । विद्युत् कटौतीको मारमा सबैभन्दा धेरै विद्यार्थी र इलेक्ट्रोनिक व्यवसायी परेका छन् ।
 
अनियमित विद्युत् कटौतीका कारण अन्य होटेल व्यवसायीहरु पनि मारमा परेका छन् । विद्युत् प्राधिकरणको हेल्चक्र्याइका कारण लाखौँका सर सामानमा क्षति पुगेको शिखर नगरपालिकास्थित गोपघाटका इलेक्ट्रोनिक व्यापारी लक्ष्मण खत्रीले गुनासो गरे ।

प्रतिक्रिया