भर्खरै

नलगाड आयोजनाको मुआब्जा निर्धारणमा हुँदै आएको विबादको अन्त्य

  • प्रकाशित मिति : Tue-18-Feb-2020
  • - Admin
title
जाजरकोट,  फागुन । जाजरकोटमा निर्माण हुन लागेको ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको मुआब्जा निर्धारणका विषयमा लामो समय देखि हुँदै आएको विबाद टुंगिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको विबाद टुंगाएको हो ।
 
मुआब्जा वितरण उचित ढंगबाट नभएको र समयमा नै मुआब्जा नपाएको भन्दै स्थानीयले उचित मुआब्जा निर्धाणका लागि माग गर्दै आउको थियो ।   प्रभावितको उक्त माग सम्बोधन भए पशचात मुआब्जा वितरणको बाटो खुलेको हो । 
आयोजना प्र्रभावितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन लगायतलाई भेटेर मुआब्जाको रकम बढाउन माग गरेका थिए । चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुङ्गो लागेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 
प्रतिरोपनी रु छ लाखका दरले मुआब्जा रकम दिने सहमतिपछि भएसँगै विबाद अन्त्य भएको हो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago