भर्खरै

२/२ रुपैंया घट्यो डिजेल र पेट्रोलको मूल्य

  • प्रकाशित मिति : Tue-18-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title

फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य २/२ रुपैंया घटाएको छ ।
 
सोमबार राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
 
खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने साविककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए । नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको पौडेलको भनाई छ । हालको मूल्य समायोजनको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. १०८ र डिजेलको मूल्य प्रतिलिटर रु.९७ कायम भएको छ ।
 
निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपीजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago