भर्खरै

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) को १८औंं वार्षिकोत्सव

  • प्रकाशित मिति : Wed-12-Feb-2020
  • - Admin
title
 
काठमाडौं,माघ । निजी विद्युत उत्पादकहरूको छाता संस्था, ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) १९ औं वर्षमा प्रवेश गरेको छ । इपानले यसै वर्षमात्र स्थापना गरेको ‘नेपाल ऊर्जा ज्योति सम्मान’ २०७६ पूर्वजलस्रोत मन्त्री स्व. शैलजा आचार्यलाई प्रदान गरेको छ । स्व.आचार्यकै पहलमा  विद्युत ऐन, २०४९ जारी गरी निजी क्षेत्रलालाई जलविद्युत विकासमा प्रवेश गराउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै आचार्यलाई उक्त सम्मान दिइएको इपानले जनाएको छ ।
 
कार्यक्रममा इपानले शैलजा आचार्य आदर्श समाजलाई रु. एक लाख रुपैंया सहित सम्मानपत्र प्रदान गरेको छ । यस समाजले देशभर भ्रष्टाचार विरोधी जनचेतना तथा जागरणका काम गर्दै आएको छ । इपानले राजनीतिक नेतृत्व, जलविद्युत प्रवर्द्धक, सामाजिक विकास अभियन्ता तथा पत्रकारलाई यस क्षेत्रमा पुर्याएको योगदानका आधारमा इपानले स्थापना गरेको ‘इपान कोष’ बाट हरेक वर्ष यस्तो पुरस्कार प्रदान गर्ने निर्णय गरेको इपानले जनाएको छ ।
 कार्यक्रममा इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले देशमा केहि समय पहिले सम्म रहेको  लोडसेडिङ्गलाई हटाउन इपानको पनि ठूलो योगदान रहेको बताउँदै सरकारले निजी क्षेत्रबाट राखेको अपेक्षा भन्दा बढी काम गरेको बताए । उनले भने, निजी क्षेत्रले अहोरात्र काम गरेर आनो जिम्मेवारी पूरा गरेका छौ , ‘आनो कामलाई निरन्तर रुपमा अघि बढाउँदै निजी क्षेत्रको हितका लागि सरकारलाई दबाब पनि दिइरहने छौं ।’ सरकारले निजी क्षेत्रलाई विद्युत उत्पादनमा सहभागी गराए पनि निजी क्षेत्रलाई उपेक्षा गरेको उनले गुनासो गरे ।
 त्यस्तै रुग्ण जलविद्युत आयोजनाका प्रवर्द्धकहरूले सरकारले यसभन्दा पहिले निजी क्षेत्रलाई दिने भनिएको सेवा, सुविधा र सहुलियत उपलब्ध गराउन सरकार जिम्मेवार हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago