भर्खरै

अरुण तेस्रो जलविद्युत परियोजनामा भारतीय बैंकको ८६ अर्ब लगानी

  • प्रकाशित मिति : Thu-06-Feb-2020
  • - Admin
title

काठमाण्डौ,माघ  । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा भारतीय बैकले ८६ अर्ब ऋण लगानी गर्ने भएको छ ।  
 
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी ले जनाएको हो  ।
 
लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिईसकेको छ । जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबिआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो । जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक अफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् भने नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । 
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा नहुँदै निर्माणको काम शुरु भईसकेकाले आयोजनाप्रति विश्वास बढेको बताए । 
 
विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता आज बेलुका हुने बताइएको छ ।
 
परियोजनाको लागत कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रतिक्रिया