भर्खरै

त्रिशक्ति केबुलको बहार, उपहारै उपहार योजना सुरु

  • प्रकाशित मिति : Tue-04-Feb-2020
  • - Admin
title
काठमाण्डौ, माघ । विगत २७ वर्ष देखि नेपाली बजारमा आएको, उपभोक्ता र बिक्रेताको विश्वास जित्न सफल त्रिशक्ति केबुल इण्डष्ट्रिज प्रा.लि. ले त्रिशक्ति केबुलको बहार, उपहारै उपहार योजना ल्याएको छ । कम्पनीले बुधबार देखि लागु हुने गरी यो योजना ल्याएको हो । 
  
कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राख्दै प्रविधियुक्त FLRS तार उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । FLRS तारमा गुणस्तरीय FLRS कम्पाउन्ड र तामा प्रयोग गरी उत्पादन गरिएको हुँदा दुर्घटनावश आगलागी भएको खण्डमा तारको माध्यमबाट आगो लाग्ने सम्भावना कम हुनुका साथै धुवाँ पनि कम निस्कने हुँदा भौतिक तथा मानवीय क्षति न्यूनिकरणमा FLRS तारले सहयोग पु¥याउँदछ । यस्ता किसिमको तार घर, स्कुल कलेज, अस्पताल, व्यापारिक कम्प्लेक्स, कलकारखाना लगायतमा प्रयोग गर्न सकिन्छ । FLRS प्रयोग मार्फत विद्युत प्रवाह राम्रो हुनुका साथै विद्युत खपत पनि घटाउँदछ । FLRS तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयात गरिदंै आएको कम्पनीका सिनियर सेल्स म्यानेजर विवेक फुँयालले बताए ।
  
त्रिशक्ति केबुलको बहार, उपहारै उपहार योजना अन्र्तगत नगद उपहार योजना सहित विभिन्न जिन्सी सामनहरुको उपहार योजना ल्याएको छ । 
यस उपहार योजना अन्र्तगत त्रिशक्ति केबुलको प्रति क्वाइल तार खरिदमा एउटा कुपन प्राप्त गर्न सकिनेछ । एक सय थान क्वाइल तार खरिद गरेमा एक सय थान कुपन प्राप्त गरिने र प्रति कुपन रु.५० नगद प्रदान गर्नुका साथै १ थान चाँदीको सिक्का प्राप्त गर्न सकिने छ । त्यस्तै दुई सय थान कुपनमा एक थान राइसकुकुर, तीन सय थान कुपन खरिदमा एक थान स्ट्याण्ड फ्यान, ४ सय थान खरिदमा एक थान ड्रिल मेसिन, ५सय थान खरिद गरेमा स्र्माट मोवाइल र एक हजार थान कुपन खरिद गरेमा एक थान ३९ इन्चको स्मार्ट टिभी प्राप्त गर्न सकिने छ । 
प्रत्येक कुपनमा रु. ५० नगद समेत प्राप्त गर्न सकिने छ । लेवलमा तोकिएको नगद समेट्न आधिकारिक बिक्रेतासँग सम्पर्क गर्नुपर्ने छ , जिन्सी पुरस्कार पाउनका लागि नजिकको आधिकारिक बिक्रेता वा कम्पनी कार्यालयमा सम्पर्क गर्नुपर्ने म्यानेजर फुँयालले जनाएको छ । यो स्किम सीमित अवधिका लागि मात्र रहेको कम्पनीले जनाएको छ । विशेष गरी इलेक्ट्रिसियनहरुलाई लक्षित गर्दै यो योजना ल्याएको कम्पनीले  जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago