भर्खरै

उपत्यका भित्रको १८ पेट्रोल पम्प हटाइदै

  • प्रकाशित मिति : Tue-04-Feb-2020
  • - Admin
title

काठमाण्डौ, मंसिर ।  काठमाण्डौ र ललितपुर उपत्यका भित्रका १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत  काठमाण्डौका १२ र ललितपुर को ६ वटा गरी सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएको हो ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाण्डौ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए । 
 
उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
 निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको उनले जानकारी दिए । 
 
पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिएको  निगमका निर्देशक गोइतले बताए । सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि बढाउने उनले बताए । निगमबाट पेट्रोल पम्पलाई माघ ८ गते पत्राचार भएको हो ।
 
 
 

प्रतिक्रिया