भर्खरै

६३ अर्ब लागतमा ५० चार्जिङ स्टेसन निर्माणको तयारी

  • प्रकाशित मिति : Mon-03-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौ,माघ । नेपाल विद्युत् प्राधिकरणले ६३ अर्ब लागतमा ५० वटा सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । 
 
प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि मोटो रकम खर्च गर्दै ग्लोबल टेन्डर आह्वान गरिसकिएको र अब निर्माण प्रक्रियालाई छिटै नै अघि बढाउन खोजेको छ । 
 
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने बताए । उनले भने साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि भएकोले एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्ने तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा हुने उनको भनाई छ । तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन निर्माण गर्न लागेको जानकारी दिए । 
 
त्यस्तै सुन्दर यातायात प्रा.लिका अध्यक्ष भेषबहादुर थापाले भने ‘प्राधिकरणले धेरै महंगोमा साधारण किसिमको चार्जिङ स्टेसन बनाउन लागेको बताएका छन् ।  प्राधिकरणले ५० लाख खर्चमा एउटा स्टेसन बनाउन लाग्दैछ  । अब छ घण्टा चार्ज गर्नुपर्ने अवस्था दुनियाँमा व्यावहारिक नहुँने उनले बताए । 
व्यवसायीहरुले भने ४२ किलोवाटको मेसिन राखिने चार्जिङ स्टेसनमा छ घण्टा लगाएर चार्ज गर्नुभन्दा दुई घण्टामै चार्ज हुने सुपर चार्जिङ स्टेसन बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago