भर्खरै

रुदीखोला–बी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा थपियो

  • प्रकाशित मिति : Sun-02-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाडौँ,माघ । लमजुङ जिल्लाको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा निर्माण गरिएको  ६.६ मेगावाटको रुदीखोला–बी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा थपिएको छ ।
निजी क्षेत्रको लगानीमा विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजना उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारणमा थपिएको हो । 
 
पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडाको सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
१५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन कम्पनीले जनाएको छ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
 
निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको अध्यक्ष आचार्यले बताए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago