भर्खरै

इलेक्ट्रियिन संघ र व्यवसायी समितिद्धारा आर्थिक सहयोग प्रदान

  • प्रकाशित मिति : Wed-29-Jan-2020
  • - विद्युत संसार साप्ताहिक
title
 
 
काठमाण्डौ, माघ । नेपाल इलेक्ट्रिसियन संघ रकाठमाण्डौ विद्युतीय व्यवसायी संघको उपसमिति अन्र्तगत रहेको  गोङ्गबु व्यवसायी समितिले करेन्ट लागेर घाइते भएका एक जना इलेक्ट्रिसियनलाई आर्थिक सहयोग गरेको छ । नेपाल इलेक्ट्रिसियन संघ र व्यवसायी समितिले गत कार्तिक २२ गते  मनमैजुमा काम गर्ने क्रममा हाई भोल्टेजको कारण करेन्ट लागेर घाइते भएका इलेक्ट्रिसियन देवराज अधिकारीलाई संयुक्त रुपमा आर्थिक सहयोग गरेको हो ।
 
समितिका संयोजक रामकृष्ण कोइरालाको अनुसार करेन्ट लागेर घाइते भएका अधिकारीलाई काठमाण्डौ म्हैपी स्थित उनकै निवासमा गएर आर्थिक सहयोग गरेको हामीसँगको कुराकानीमा बताए । नेपाल इलेक्ट्रिसियन संघबाट ५ हजार १ सय  र गोङ्गबु एरियाका बिजुली व्यवसायीहरु बाट प्रति पसलहरुबाट रु.१ हजारका दरले  उनलाई आर्थिक  सहयोग गरेको हो । आर्थिक सहयोग गर्नेहरुमा मुनलाईट इलेक्ट्रिकल्स गोंगबु, श्री गणेश इलेक्ट्रिकल्स गोंगबु गणेशस्थान, युनिक लाईट सेन्टर गोंगबु गणेशस्थान, वाग्ले इलेक्ट्रिक र्फम नेपालटार पुल, रन्जन इलेक्ट्रिक गोंगबु नयाँ बसपार्क ,सुपर फास्ट लाईट , दाहाल इलेक्ट्रिक, सिद्धि विनायक लाईट हाउस सामाखुशी, उत्सव लाइट सामाखुशी टाउन प्लानिङ , सागर इलेक्ट्रिक धापासी ग्रीनल्याण्ड, पराजुली बिजुली पसल धापासी टोखारोड, प्रकाश लाइट हाउस वनस्थली, सगरमाथा लाइट सेन्टर सामाखुशी,न्यु कान्तिपुर इलेक्ट्रिक गोंगबु,  जीएनएस लाईट, श्रेष्ठ इलेक्ट्रिकल्स सेन्टर सामाखुशी रानीबारी सहित को व्यवसायीहरु बाट नगद  २० हजार १ सय रुपैयाँ संकलन गरी  सहयोग गरेको हो । त्यसैगरी संघका अध्यक्ष प्रकाश कुमार दाहालका अनुसार निज इलेक्ट्रिसियन संघको नियमअनुसार क्रियाशिल नभएतापनि मानवीय हिसावले सहयोग गर्न लागिएको र अन्य इलेक्ट्रिसियनहरु लाई समेत  नियमित संस्थाको नियम र परिधि भित्ररहि  क्रियाशिल रहन वा संघले गरेका हरेक गतिविधिमा संलग्न रहन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago