आगामी वर्षमा एक लाख विद्युतीय चुह्लो अनुदानमा दिने : ऊर्जा मन्त्री पुन

  • प्रकाशित मिति : Fri-24-Jan-2020
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, माघ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले आगामी वर्ष मा १ लाख विद्युतय चुह्लो अनुदानमा उपलब्ध गराउने लक्ष्य लिएको बताए । आगामी वर्ष विद्युत उत्पादन बढ्ने भएकाले विद्युतीय चुह्लोलाई प्राथमिकता दिदै विद्युतीय चुल्हे प्रयोग बढाउने लक्ष्यका साथ अनुदानमा विद्युतीय चुल्हे उपलब्ध गराउने बताएका हुन् । 
 
मन्त्री पुनले विद्युतीय चुल्हे प्रयोगका लागि गैरसरकारी निकायले देखाएको चासो उपयुक्त रहेको बताए । सरकारले यसका लागि आवश्यक संरचना गत तथा नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रसंग समन्वय गरी यो आर्थिक वर्षमा १० हजार  विद्युतीय चुल्हे अनुदानमा दिने निर्णय गरेको उनले बताए ।  विद्युतीय चुल्हे प्रयोग गरेमा बर्षेनी बढ्दै गएको इन्धन आयात प्रतिस्थापन हुने र नेपाल आत्मनिर्भर बन्दै जाने उनले बताए । उनले विद्युतीय चुह्लो प्रयोग गरेमा समयको बचत हुनुका साथै स्वास्थयमा पनि कुनै असर नगर्ने बताए । 
 
त्यस्तै कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले विद्युतीय चुल्हे प्रयोगका लागि जनताहरुलाई उत्प्रेरीत गर्नु पर्ने बताए । विशेष गरी  तत्कालका लागि ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा विद्युतीय चुल्हे प्रयोगमा ल्याउनु पर्ने उनले बताए । अनका अनुसार हाल सम्म भन्सारबाट ४ लाख २५ हजार वटा विद्युतीय चुल्हे  नेपाल भित्रिसकेको तथ्यङक रहेको बताए । ग्यास आयातलाई प्रतिस्थापन गर्नका लागि विद्युतीय चुल्हे प्रयोगमा ल्याउनु पर्ने बताए । त्यस्तै  विद्युतीय चुल्हे नेपालमा गुणस्तरयुक्त र सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए । 
 
त्यस्तै सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष अध्यक्ष नारायण ज्ञावालीले विद्युतीय चुल्हे ग्यास भन्दा सस्तो भएका कारण यसको प्रयोग नेपालभर फैलाउनु पर्ने बताए । त्यस्तै ट्रान्स्र्फमर र भोल्टेजमा सुधार गर्नु पर्ने पनि उनले बताए ।  बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले विद्युतीय चुलो प्रवर्द्धनमा मन्त्रालयले सहयोग गरिरहेको बताए । विद्युतीय चुलोको प्रयोग गर्ने उपभोक्ताको संख्या बढाउँदै लैजान  हरेक वर्ष अभियान दिवश मनाइने बताए ।
 
 

प्रतिक्रिया