भर्खरै

ब्रिक्शनका विद्युतीय बसहरु नेपाल ल्याईदै, ब्याट्रीमा २० वर्ष ग्यारेन्टी

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title

 
काठमाण्डौं ,माघ । हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोट्रेक्सले ब्रिक्शन ब्राण्डको विद्युतीय बसहरु नेपालमा ल्याउने भएको छ । अष्ट्रेलियन प्रविधिको यो बसको निर्माण अहिले भारतमा भइरहेको र कम्पनीले चाँडै नेपालमा भित्राउने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 
यसमा प्रयोग गरिएको ब्याट्री ४० वर्षसम्म टिक्ने र २० वर्षको ग्यारेन्टी नै दिइने ब्रिक्शनका प्रतिनिधि फिरोज खानले बताए । उनका अनुसार यो बसलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टा लाग्छ । एक पटक चार्ज गरेपछि एक हजार १८ किलोमिटरसम्म गुडेर गिनिस बुक अफ वल्ड रेकर्ड कायमसमेत गरेको ब्राइशनले नेपालको विषय खालको सडकमा एक पटक चार्ज गर्दा कम्तिमा आठ सय किलोमिटर गुड्नेछ । हिमालयनले भित्राउने ब्रिक्शनका बसहरु कम्तिमा १५ सिटका माइक्रोबस र ४२ सिटसम्मका बसहरु हुने छन् । 
 
 फिरोज खानले अहिले भारतमा यी गाडि उत्पादन भए पनि सन् २०२५ भित्र नेपालमै कारखाना स्थापना गरिने बताए । उनले यो बस केही महंगो जस्तो देखिए पनि यसले दिने माइलेज, पेट्रोलियम पदार्थको सट्टा विद्युत कम लागत, वातावरण संरक्षणमा पुग्ने योगदान, ब्याट्रीको लाइफको हिसावले निकै सस्तो भएको दावी गरे । यो बसको मूल्य झण्डै दुई करोड पर्ने जनाइएको छ । बीस वर्षपछि यसको ब्याट्री पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने जनाइएको छ । कम्पनीले पहिलो चरणमा सार्वजनिक, निजी, पर्यटकीय, स्कुल तथा लामो दुरीमा समेत यो विद्युतीय बस प्रयोग गर्न मिल्ने हिमालयन अर्गनाइजेशनका ध्रुब थापाले बताए । 
सरकारले लिएको नीतिअनुसार सन् २०३० सम्म सबै सवारी साधनहरु विद्युतीय गर्नुपर्छ । हाल नेपालमा डिजेल तथा पेट्रोलबाट सञ्चालनमा आउने सार्वजनिक यातायातले अत्याधिक वायु प्रदुषण भईरहेको र त्यसका कारण क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता जटिल रोगहरु बढिरहेको समाचार आइरहेको बेला विद्युत सवारी साधनलाई प्राथमिकता दिनुपर्ने बाताबरणवादीहरुको भनाई रहँदै आएको छ । तर विद्युतीय सवारी साधनका लागि ठाउँ ठाउँमा स्थापना गर्नुपर्ने चार्जिङ, सडकहरुको विस्तार र स्तरोन्नती नहुँदा विद्युतीय सवारी साधनको आयात बढ्न सकेको छैन् ।

प्रतिक्रिया