भर्खरै

पदमखोला आयोजनाबाट विद्युत उत्पादन सुरु

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title

 
दैलेख, माघ । दैलेखको नौमूले गाउँपालिका ५ मा निर्माण भएको पदमखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।  ४.५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको पदमखोला हाइड्रोपावर कम्पनी बाट उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिए सँगै विद्युत उत्पादन सुरु भएको हो । 
 
वर्षा याममा ४.५ मेगावाट उत्पादन क्षमता हुने भए पनि हाल पानी कम भएका कारण १६ किलोवाट उत्पादन विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ । कम्पनीका सदस्य कुमार कार्कीले बताए । डोल्टीपावर जलविद्युत आयोजना अन्तरगत सञ्चालित कर्णाली प्रदेशमा अहिले सम्मकै ठूलो जलविद्युत उत्पादनका रुपमा हेरिँदै आएको पदमखोला कम्पनीले छोटो समयमै विद्युत उत्पादन गरी केन्द्रीय लाइनमा जोडिएको हो । 
 
करिव ८० करोड लागतमा  उक्र आयोजना सम्पन्न भएको कम्पनीले जनाएको छ ।  उक्त आयोजनाले निर्धारित समय अगावै काम सम्पन्न भएको हो । पदमखोला जलविद्युत आयोजना नौमूले गाउँपालिका ४ कालिकादेखि करिव २ किलोमिटर टाढाबाट पाइप मार्फत पानी ल्याइ ३ सय मिटर उचाइबाट पानी पावर हाउसमा खसाली विद्युत उत्पादन गरिएको छ ।
 

प्रतिक्रिया