भर्खरै

मस्र्याङ्दी–काठमाण्डौ प्रसारण लाइन निर्माणमा धादिङका स्थानीयको अवरोध

  • प्रकाशित मिति : Mon-20-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौं,माघ । मस्र्याङ्दी– काठमाण्डौं २२० केभी डबर सर्किटको प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
धादिङको धुनीबेसी नगरपालिकास्थित नौबिसे र पिलटारका स्थानीयहरुले निर्माणमा अवरोध गरेका हुन् । 
 
स्थानीयले नौबिसेमा ३ वटा र पिपलटारमा २ वटा टावर निर्माणमा अवरोध गरेका छन् । निर्माण अन्तिम चरणमा पुगेको प्रसारण लाइनमा अवरोध हुँदा नेपाल विद्युत प्राधिकरणले समयमा सम्पन्न गर्न सकेको छैन ।
 
मस्र्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाण्डौ उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाण्डौको मातातीर्थसम्मको मस्र्याङ्दी–काठमाण्डौ २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ । 
 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई आइतबार भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरण गरिदिन स्थानीय सँग आग्रह गरेका छन् । 
 
‘अहिले रहेको मस्र्याङ्दी–काठमाण्डौ १३२ केभी प्रसारण लाइनबाट काठमाण्डौमा झण्डै एक सय मेगावाट भन्दा बढी विद्युत् लैजान सक्दैनौँ, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गरिदिन घिसिङले स्थानीयसँग आग्रह गरेका छन् ।  
निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago