भर्खरै

सार्वजनिक स्थानमा स्वचालित शेन्सरयुक्त सौर्य बत्ती जडान

  • प्रकाशित मिति : Fri-17-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title

कञ्चनपुर,माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सार्वजनिक स्थानमा स्वचालित शेन्सरयुक्त सौर्य बत्ती जडान भएको छ ।
नगरपालिकाले सञ्चालन गरेको उज्यालो मेयर कार्यक्रम अन्र्तगत नगरपालिका क्षेत्रका बजार क्षेत्र चोक, चौराह र सार्वजनिक स्थलमा गरी ४२ पोलमा स्वचालित प्रविधिमा आधारित सौर्य बत्ती जडान गरिएको हो ।
 
 नगर प्रमुख कर्णबहादुर हमालका अनुसार सौर्य बत्ती जडान गर्न नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा रु ४० लाख भन्दाबढी रकम खर्चेको बताउँदै पूर्वपश्चिम राजमार्गका सार्वजनिक स्थानमा ३९ र वडा नं ७ को कलुवापुर बजार क्षेत्रमा तीन सौर्य बत्ती जडान गरिएको बताए ।
 
उनका अनुसार सौर्य बत्ती जडान भएपछि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रातिका बेला हुने सवारी दुर्घटनाका घटनामा कमी आउनुका साथै अवान्छित क्रियाकलाप नियन्त्रणमा आएको छ । स्थानीय बासिन्दालाई बत्तीकै कारण आवतजावत गर्नसमेत सहज भएको उनको भनाई छ ।
 
आव २०७६/७७ मा नगरपालिकाका सबै वडामा शेन्सरयुक्त स्वचालित बत्तीको व्यवस्था गर्न योजना तयार गरिएको छ । योजनाअनुसार नगरपालिका भित्रका सबै सार्वजनिक क्षेत्र, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण क्षेत्र, चोक, चौराह र बजार क्षेत्रमा बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाइने नगरप्रमुख हमालले जानकारी दिए ।
 
शेन्सरयुक्त बत्ती दिउँसो आफै निभ्ने र राति हुनासाथ आफैँ बल्ने हुन्छ । बत्ती बाल्न र निभाउन कसैको जरुरत पर्दैन । स्वचालित शेन्सरयुक्त बत्ती जडानका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकालाई उज्यालो नगरपालिकाका रुपमा चिनाउन कार्य अगाडि बढाइएको नगरप्रमुख हमालको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago