भर्खरै

ऊर्जामन्त्री पुनद्धारा माडी जलाशययुक्त जलविद्युत आयोजना कार्यालय उद्घाटन

  • प्रकाशित मिति : Thu-16-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title

रोल्पा,माघ । प्रदेश नं ५ कै सबैभन्दा ठूलो मानिएको १५६ मेगावाटको माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ’अनन्त’ले आयोजनाको बिहिबार आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
 
आयोजनाको कार्यालयको उद्घाटन भएसँगै आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन थालेको छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना सञ्चालन हुँदैछन् । यसमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,’ मन्त्री पुनले भने ।
माडीमा चीन सरकारको स्वामित्व रहेको चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को लगानी हुनेछ । चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको क्रममा माडी जलाशययुक्त आयोजनामा चीन र नेपालका सरकारी स्वामित्वको दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो ।
 
उनले आयोजना समयमै निर्माण सम्पन्न हुने बताए । ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ । तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’ ऊर्जामन्त्री पुनले भने, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’
 
ऊर्जामन्त्री पुनले माडी जलाशययुक्त बहुवर्षीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिंचाई गर्न आयोजना सुरू हुने बताए । उनले जलाशययुक्त आयोजना निर्माणमा सहयोगको लागि स्थानीयसककग अनुरोध गर्न आग्रह गरे ।
‘यो आयोजनाले समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पुर्याउने छ’ उनले भने, ‘यसबाट यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ । स्थानीयको पहुँचमा हुने माछापालनबाट स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने छ ।’
 
कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए ।
एचआइडीसियलका कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । ‘यो आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ’ उनले भने, ‘यसका लागि हामीले आजबाटै फिल्डको काम सुरू गरिसकेका छौँ । स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौँ ।’
आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरण लगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे 
नागरिक खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago