भर्खरै

बाथरूममा ग्यास गिजर प्रयोग गर्दा होसियार हुनुहोस्,नत्र जान सक्छ ज्यान

  • प्रकाशित मिति : Wed-15-Jan-2020
  • - Admin
title

 
काठमाण्डौं, पुस । यो जाडो मौसममा प्राय गरी मानिसले विद्युतीय सामान गिजरको प्रयोगले पानी तताएर नुहाउने गरिन्छ । प्रविधिको प्रयोग अत्याधिक रुपमा बढेकोले अधिकांंश मानिसले जाडो मौसममा न्यानो बनाउँन कोठामा समेत ग्यास गिजर प्रयोग गर्दछन् । तर यो हाम्रो लागि निकै जोखिमपूर्ण हुन्छ यसको प्रयोगको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको धेरै घटनाहरु घटेको हामीले देख्न सकिन्छ । 
 
हामी प्रायः नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं अनि ग्यास गिजर चलाउछौं, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन् ।’ बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ । तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ ।  ‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो । ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मृत्यु हुन्छ, । ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको छ । 
 
‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’।  ‘प्राय परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन । त्यसैले यस्तो दुर्घटना बढेको छ ।’ त्यसैले 
सुरक्षाको दृष्टिकोणले इलेक्ट्रिक गिजर प्रयोग गर्न उपयुक्त देखिन्छ ।  

प्रतिक्रिया