भर्खरै

माथिल्लो मैलुङ जलबिद्युत आयोजनाको काम ठप्प

  • प्रकाशित मिति : Tue-14-Jan-2020
  • - Admin
title

रसुवा, पुस । रसुवाको उत्तरगया गाउँपालिका १ मा निर्माणाधिन १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको काम  ठप्प भएको छ ।  स्थानीयलाई वेवास्ता गरि निजी जग्गामा असर पुर्याएको भन्दै स्थानीयहरुले आयोजना निर्माणको काम ठप्प गरेका हुन् । 
आयोजनाले स्थानियसँग समन्वय नगरि जनतालाई झुक्काएर व्यक्तिको जग्गामा असर पुर्याएको भन्दै चार दिन देखि आयोजनाको काम  रोकेको हो । आयोजनाले, माग सम्बोधन गर्नुको साटो वार्तामा बस्न समेत नमानेपछि आयोजनाको काम रोक्न बाध्य भएको स्थानीयको भनाइ रहेको छ । स्थानियलाई सोध्दै नसोधि कृषि सडक भनी व्यक्तिको जग्गामा सडक बाटो खनेको स्थानीयले बताएका छन् । 
आयोजना सँग स्थानीयले पटक पटक वार्ता गर्न खोजे पनि  आयोजना नमानेपछि आइतबार स्थानिय सरोकारवालाको  भेला गरी मैलुङ खोला जलबिद्युत सरोकार समिति गठन गरेका थिए ।
 पीडित स्थानीय सहितको सरोकार समितिले सोमबार आयोजनाको साइड कार्यालय मैलुङमा पुगि माग पुरा गर्न ध्यानाकर्षण गराउदै १३ बुदे माग सहितको ७ दिने अल्टिमेटम दिएका छन् । समितिका संयोजक पूर्ण घलेले १३ बुदे माग सहितको माग पत्र आयोजनाका दानबहादुर बुढालाई दिएका छन् । 

प्रतिक्रिया