भर्खरै

बैंकले ऋण नदिदा नेपालमा विद्युतीय बस भित्रन सकेन

  • प्रकाशित मिति : Tue-14-Jan-2020
  • - रुपा तुलाधर
title
काठमाण्डौ, पुस । विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात लाई बैंकले ऋण नदिदा थप विद्युतीय बस नेपाल भित्राउन सकेको छैन ।  हाल ४ ओटा विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायातले थप ५० वटा विद्युतीय बस ल्याउनका लागि बैंकहरुले ऋण नदिएको हो । 
विद्युतीय बस आयात गर्नका लागि बैंक मार्फत ऋण उपलब्ध गराइदिनका लागि नेपालका क स्तर तथा  ख स्तरका बैंकहरुलाई आग्रह गर्दै आएको भए पनि ऋण उपलब्ध नगराएको  कम्पनीले जनाएको छ । नेपाल सरकार तथा अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्न पटक पटक आग्रह गर्दै आएको भए पनि बैंकहरुले विद्युतीय सवारी साधनमा लगानी गर्न इच्छा नदेखाएको कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए ।
 
आफ्नै देशमा उत्पादित विद्युतबाट सञ्चालित हुने, वातावरण योग्य सवारी साधन भन्दा आयातित इन्धनबाट संचालित हुने सवारी साधनहरुमा बैंकहरुले जतिपनि लगानी गर्न तयार रहेको तर विद्युतीय सवारी साधनमा भने लगानी  गर्न बैंकहरुले इच्छा नदेखाएको प्रति कम्पनिको गुनासो रहेको छ ।  
 
कम्पनीले थप ५० वटा विद्युतीय बस चीनबाट ल्याउने तयारी गरेको मा २५ वटा पहिलो चरणमा ल्याउने तयारी गरेको छ ।
सरकारले विद्युतीय सवारी साधानको संख्या बढाउने नीति लिए पनि सोही अनुसार बैंकहरुले सहयोग नगरेको  कम्पनीको गुनासो छ ।
५० वटा गाडीका लागि १० करोड रुपैयाँ बुझाइ सकेका र बाँकी रकमका लागि बैंकहरुसँग ऋण माग गर्दा दिन अस्वीकार गरेको अध्यक्ष थापाले जानकारी दिए ।
ऋण वापत आवश्यक धितो राख्नका लागि समेत आफूहरु तयार रहे पनि बैंकहरुले विद्युतीय बसमा ऋण दिनका लागि अस्वीकार गरेको उनले बताए ।
 
बैंकलाई एउटा बसबाट दैनिक आम्दानी हुने औसत रकम १२ हजार रुपैयाँमध्ये १ हजार कार्यालय सञ्चालन र ३ हजार रुपैयाँ विविध खर्च कटाइ दैनिक ८ हजार रुपैयाँका दरले  अगामी पाँच बर्षमा सबै किस्ता तिर्ने भन्दा पनि बैंकहरुले ऋण दिन नमानेको उनले बताए ।  
 
विद्युतीय सवारी साधन आयात गर्नका लागि १० करोड रुपैयाँ चीन पठाइसकेका  र उताबाट गाडी पठाउने समय आइसकेको भए पनि बाँकी रकम बुझाउनका लागि ऋण नपाएको उनले बताए । 
 
कम्पनीले नेपालमा विद्युतीय सवारी उत्पादनका लागि समेत तयारी गरिसकेको छ । करिब १० अर्ब रुपैयाँको लगानीमा नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीले लक्ष्य छ । यसका लागि ९० प्रतिशत चिनियाँ कम्पनी सेन्जेन बिएके कम्पनीको लगानी रहनेछ भने १० प्रतिशत सुन्दर यातायातको लगानी रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago