भर्खरै

उदयपुर गाउँपालिकामा बिजुली पुग्दा स्थानीय हर्षित

  • प्रकाशित मिति : Mon-13-Jan-2020
  • - Admin
title

 उदयपुर, पुस ।  उदयपुर जिल्लाको उदयपुर गाउँपालिकामा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको बिजुली पुगेसँगै स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण कार्य विस्तार गरी गाउँपालिकाको नम्बर वडामा १ र ५  बिजुली पुर्याएको हो । 
प्राधिकरण उदयपुर वितरण केन्द्र प्रमुख रोशनकुमार सिहंका अनुसार कटारीको स्कुदेखि रातमाटे सम्म करिब ५ किलोमिटर प्रसारण लाइन निर्माण गरी विद्युतीकरण गरेकोेजानकारी दिए ।  स्थानीय सामुदायिक वन उपभोक्ता समूहले स्थानीयको घरसम्म पुग्ने वितरण लाइनको तार तथा मिटर खरिदमा सहयोग गरेपछि विद्युतीकरण सहज भएको र गाउँमा विद्युत पुगेको उनले बताए । 
 नेपाल सरकार र सामुदायिक वन उपभोक्ता समूहको करिब २५ लाख रुपैयाँ सयुक्त लगानीमा गाउँपालिकामा विद्युतीकरण गरिएको केन्द्रले जनाएको छ ।  विद्युतीकरणपछि २ वडाका रातमाटे, हजारे, दुर्जे र कुपुनटार गाउँ झलमल भएका छन् । साढे २ सय परिवार विद्युत सेवाबाट लाभान्वित भएका छन् । एक वर्ष्भित्र सामुदायिक विद्युतीकरण कार्यक्रममार्फत गाउँपालिकाका सबै वडामा बिजुली पुर्याउने योजना रहेको प्रदेश(१ का सांसद नारायणबहादुर बुर्जामगरले बताए । 
 गाउँपालिकाका भरी नै विद्युत सेवा पुर्याउन विद्युतीकरण कार्यक्रम तीव्र पारेको उनले बताए । विद्युतीकरण  पछि स्थानीयको जीवनस्तरमा सुधार हुने उनले बताए । गाउँपालिकाको १, ५ र ७ बाहेकका सबै वडामा विद्युतीकरण हुन बाँकी छ ।

प्रतिक्रिया