भर्खरै

घोराहीमा सडकबत्ती जडान हुँदै

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title
 
दाङ, पुस । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले पहिलो  चरणमा बजारका तीन स्थानमा सडकबत्ती जडान सुरु गरेको हो । 
 
घोराही बजारको  कुटवालखोला देखि रतनपुरचोक, नेपाल बैंक लिमिटेड देखि शहीदगेट र तुलसीपुरचोक देखि दामोदर चोकसम्मको  सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिए को  छ । सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने  गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्ती सहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको  छ । 
 
एपेक्स नेपालले  दुर्ई करोडको  लगानीमा विज्ञापन सामग्री राख्ने  गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने भएको हो । एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले  पहिलो  चरण अन्तर्गत विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिएको बताए । 
पहिलो  चरण अन्तर्गत ७१ वटा खम्बा मध्ये  ५० वटा खम्बा जडान भइसकेको उनले बताए । जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेकोे  प्रमुख न्यौपानेले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago