भर्खरै

चितवनको भरतपुरमा प्रहरीद्वारा पेट्रोल पम्प सञ्चालन

  • प्रकाशित मिति : Mon-06-Jan-2020
  • - विद्युत संसार संवाददाता
title

भरतपुर,पुस । भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीद्धारा  पेट्रोल पम्प सञ्चालन भएको छ । 
नेपाल प्रहरीको कल्याण कोषद्वारा आइतबार ४० हजार लिटर डिजल  र २० हजार लिटर पेट्रोलको भण्डारण क्षमता भएको पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । 
उक्त पेट्रोल पम्पको समुद्धघाटन जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले गरेको थियो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सञ्चालनमा ल्याइएको पेट्रोल पम्प करिब छ कट्ठा जमिनमा रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको बताए ।
 पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण गरिएको छ । उनले भने  एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ । 
दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उनले जानकारी दिए । प्रहरीको कोषअन्तर्गत काठमाडौँको नक्साल, सामाखुशी र पथलैयामा पेट्रोल पम्प सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया