भर्खरै

एचपिएलको डिलर मिट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Thu-02-Jan-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,पुस । आज भन्दा ६३ वर्षअघि स्थापना भई विद्युतीय क्षेत्रका हरेक  सामानहरु उत्पादन गर्र्दै आइरहेको एचपिएल ब्राण्डले आफ्नो डिलरहरुको लागि राखिएको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौंको दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा आफ्नो उत्पादनहरुको विषयमा बोल्दै विगत लामो समयदेखि गुणस्तरीय विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आइरहेको एचपिएल ब्राण्डका एक्सपोर्ट प्रमुख रामनाथ कृष्ण मूर्तिले बताए ।  
उत्पादनहरु एलबी स्वीच गेयर,एलबी पोटेक्सन डिभाइस,मोडुलर स्वीच, मिटरिङ, एलईडी लाइटस एण्ड लुमिनेस, केबुल तारहरु  यस कम्पनीले उत्पादन गरी भारत बाहेक विभिन्न ४२ वटा देशहरुमा निर्यात भईरहेको कम्पनीले जनाएको छ । यस कम्पनीको भारतमा मात्र २४ सय अथोराईज डिलर र १८ हजार रिटेलर भएको बलियो नेटवर्क मार्फत सामान बिक्रि वितरण गर्दै आईरहेको कृष्ण मूर्तिको भनाई छ ।  आगामी दिनहरुमा पनि उपभोक्ताको रुचि र प्रविधि अनुसारको गुणस्तरीय सामग्रीहरु उत्पादन गरिरहने कृष्ण मूर्तिले बताए ।  कार्यक्रममा ५० जना भन्दा बढी डिलरहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago