भर्खरै

दाना–खुर्कोट प्रसारण लाइन तयार

  • प्रकाशित मिति : बुध, पौष १५, २०७७
  • - Admin
title
काठमाडौँ, १५ पुस । कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ ।
 
म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९।६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस मसान्तभित्रै चार्ज गर्ने नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
 
नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार निर्धारित समयमा सम्पन्न हुन नसके पनि अरू आयोजनाको तुलनामा यो प्रसारण लाइन छिटो तयार भएको हो । उनले अब आन्तरिक परीक्षणपछि प्रसारण लाइन चार्ज गर्ने अन्तिम तयारीमा रहेको बताए ।
 
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यका अनुसार यो लगायत अवरुद्ध अरू प्रसारण लाइन सम्पन्न गर्न प्राधिकरणले विशेष ध्यान दिएको छ । शाक्यले भने, “हामीले अब सोलु, सिङ्टी, कोसी करिडोरका प्रसारण लाइन सम्पन्न गर्ने दिशामा लागिपरेका छौ।”
 
निर्धारित समयभन्दा करिब दुई वर्ष ढिला भएको यो प्रसारण लाइन एसियाली विकास बैङ्क (एडीबी)को सासेक पावर सिस्टम एक्स्पान्सन कार्यक्रमअन्तर्गत निर्माण थालिएको हो । सन् २०१६ मेदेखि निर्माण थालिएको यो प्रसारण लाइनको दुई सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भइसक्दा तीन अर्ब रुपियाँ खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले टाटा प्रोजेक्ट इन्डिया र चिन्ट इलेक्ट्रिक चीन जेभीलाई ठेक्का दिएको थियो । निर्धारित तालिका अनुसार यो प्रसारण लाइन करिब दुई वर्ष पहिले नै बनिसक्नुपर्ने थियो तर जग्गा अधिग्रहण, वनको स्वीकृतिमा ढिलाइ, स्थानीय अवरोधलगायतले समयमा सम्पन्न हुन सकेको थिएन ।
 
कुल २२० केभी डबल सर्किट यो प्रसारण लाइनमा ट्विन मोज कन्डक्टर तार प्रयोग गरिएको छ । डबल सर्किट प्रसारण लाइन भएकाले यसबाट एक हजार दुई सय मेगावाटसम्म बिजुली प्रवाह गर्न सकिन्छ तर एउटा सर्किट आपत्कालीन सञ्चालनका लागि राखिने भएकाले यसबाट सामान्यतयाः छ सय मेगावाटसम्म विद्युत् प्रवाह हुनेछ ।
 
यो प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण सम्पन्न भइसकेको थापाखोला जलविद्युत् आयोजनाको १३.५ मेगावाट र घलेम्दी जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् तत्काल राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् । प्रसारण लाइनको अभावले यी आयोजनाले कम विद्युत् उत्पादन गर्नुपर्ने बाध्यतामा थिए । त्यस्तै परीक्षणको चरणमा रहेको मिस्त्रीखोला जलविद्युतको ४२ मेगावाट जलविद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिनेछ । यीबाहेक निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाटको विद्युत् पनि यसले राष्ट्रिय प्रसारण लाइनमा ल्याउनेछ ।
-गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago