भर्खरै

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउन आयोजना र टेलिकम बीच सम्झौता

  • प्रकाशित मिति : मंगल, पौष १४, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस । नेपाल टेलिकम र काठमाडौँं–तराई–मधेश द्रूत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । 
काठमाडौं तराई जोड्ने छोटो मार्गको रुपमा रहेको ७२.५ किमी दुरीको द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित पुस १० गते शुक्रबार नेपाल टेलिकम र नेपाली सेना बीच सम्झौता भएको हो । 
 
दुई पक्षीय सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रूतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलले हस्ताक्षर गरेका छन् ।
 
राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो (७२.५ किमी) सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रूत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले फाइबर बिछ्याउन लाग्ने आर्थिक व्ययभार र अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन नेपाल टेलिकमले बेहोर्ने बताए ।  
उनका अनुसार अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केवल राख्नेलगायत कार्य हुने छ ।
आगामी आव २०८०÷८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले द्रूतमार्ग निर्माण गरिरहेको छ । 

प्रतिक्रिया