भर्खरै

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउन आयोजना र टेलिकम बीच सम्झौता

  • प्रकाशित मिति : मंगल, पौष १४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । नेपाल टेलिकम र काठमाडौँं–तराई–मधेश द्रूत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । 
काठमाडौं तराई जोड्ने छोटो मार्गको रुपमा रहेको ७२.५ किमी दुरीको द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित पुस १० गते शुक्रबार नेपाल टेलिकम र नेपाली सेना बीच सम्झौता भएको हो । 
 
दुई पक्षीय सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रूतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलले हस्ताक्षर गरेका छन् ।
 
राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो (७२.५ किमी) सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रूत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले फाइबर बिछ्याउन लाग्ने आर्थिक व्ययभार र अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन नेपाल टेलिकमले बेहोर्ने बताए ।  
उनका अनुसार अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केवल राख्नेलगायत कार्य हुने छ ।
आगामी आव २०८०÷८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले द्रूतमार्ग निर्माण गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago