भर्खरै

तीन महिनाभित्रै माथिल्लो बलेफी ‘ए’ को परिक्षण उत्पादन हुँर्दै

  • प्रकाशित मिति : आईत, पौष १२, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । निजी लगानीमा निर्माणाधिन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाले चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । 
 
सिन्धुपाल्चोकमा निर्माणाधीन उक्त आयोजनाको हालसम्म ९० प्रतिशत निर्माण पूरा भइसकेकोले आगामी ३ महिनामा विद्युत उत्पादन सुरु गर्न लागेको हो ।
 
आयोजनाबाट यसअघि २०७६ माघदेखि विद्युत उत्पादन सुरु गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण आयोजनाको निर्माण प्रभावित हुँदा उत्पादन मिति धकेलिन पुगेको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए ।
 
सञ्चालक कसजुका अनुसार अहिले आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँध क्षेत्रका सबै संरचनाको निर्माण सकियो । खनेर सकिएको ४.४ किलोमिटर लामो मुख्य सुरुङ ढलान कार्य भइरहेको छ । 
 उनले भने ‘विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछ’, मेसिन जडान सकिएपछि आयोजनाको परीक्षण सुरु गरिने छ ।  
आयोजना पूरा भएपछि उत्पादित विद्युत २२ कि.मि लामो दुरीमा रहेको १ सय ३३ केभी क्षमताको प्रशारणलाइन मार्फत लामोसाँघु सबस्टेशनमा जोडिने कम्पनीले जनाएको छ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ ।
 
३० प्रतिशत लगानी स्वपूँजी र ७० प्रतिशत बैंक ऋणबाट लगानी रहेको छ ।  आयोजनाको अनुमानित लागत ७ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाईमा ५ बैंकहरु एभरेष्ट, सानिमा, नेपाल एसबिआइ र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago