भर्खरै

४२६ मेगावाटको फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु

  • प्रकाशित मिति : बिही, पौष ९, २०७७
  • - रासस
title
पुस ९ काठमाडौं । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा  सुरुङ खन्न थालिएको हो ।
 
छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको  क्षमता ४२६ मेगावाट  रहेको छ । माटोको अवस्था र चट्टान लगायतका भौगर्भिक अध्ययनका लागि छ सय मिटर  सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ ।
 
भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “माटो र चट्टान लगायतका भौगर्भिक अध्ययनका लागि सुरुङ खन्न थालिएको छ ।” उनले भने, “पहिलो चरणमा अध्ययन सकिएपछि भौगर्भिक अध्ययनका लागि सुरुङ खनिएको हो ।”
 
 
आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उनको भनाइ छ  । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उनले भने, “यही गतिमा काम अगाडि बढे लक्ष्यमा पूरा हुन्छ ।”
 
आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।
 
जलविद्युत् आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । आयोजना निर्माणका लागि एक हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए । करिब रु एक खर्ब बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago