भर्खरै

नेपाल बैंकको अगुवाइमा लाप्चे खोलामा १९ अर्ब ६५ करोड लगानी हुने

  • प्रकाशित मिति : बुध, पौष ८, २०७७
  • - Admin
title
काठमाडौं । निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । 
 
व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नासा हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत् आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुने जनाइएको छ ।
 
२६ अर्ब २० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।
 
सम्झौतामा नासा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतीलाल दुगड तथा बैंकहरूका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष–प्रमुख कार्यकारी अधिकृतहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । 
 
उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब रुपैयाँ गरी १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँको वित्तीय प्रबन्ध गरिएको नेपाल बैंकले जनाएको छ ।
 
 कार्यक्रममा नेपाल बैंकका अध्यक्ष अधिकारीले नेपाली बैंकहरू त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायतका विभिन्न पक्षहरूको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरूमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने बताएको जनाइएको छ ।
 
नासा हाइड्रोपावरका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरूले तीव्रताका साथ गरेको कार्यले सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएकाले सरकारी बैंकहरूमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बताएको जनाइएको छ । 
 
नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago