भर्खरै

भोली उपत्यकाको यि स्थानमा विद्युत आपूर्ति बन्द हुने, हेर्नुहोस् कुन–कुन स्थानमा कति समय बत्ति जादैछ..

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ३ पुस ।  नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र स्विचिङ स्टेसनभित्र चपली १ Incomer  Feeder को Y फेजमा खराबी  आएको र मर्मत गर्नुपर्ने भएकोले भोली विद्युत आपूर्ती बन्द गर्ने भएको छ । 
 
 प्राधिकरणले भोली शनिबार ११ बजेदेखि १२ सम्म र २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने सबै फिडरहरूमा विद्युत आपूर्ती बन्द हुने आजको गोरखापत्रमा सुचना प्रकाशित गरेको छ ।
 
विद्युत आपूर्ती बन्दहुने स्थानहरुमा महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने महाराजगञ्ज, टिचिङ हस्पिटल, राष्ट्रपति कार्यालय, धापासी, गोंगबु,  बाँसबारी,  बालुुवाटार,  रानीबारी लगायत महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने सबै फिडरहरूमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

प्रतिक्रिया