भर्खरै

लिखु खोलाको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकियो

  • प्रकाशित मिति : बिही, पौष २, २०७७
  • - Admin
title

काठमाडौँ, १ पुस । लिखु  खोला  हाइड्रोपावर कम्पनीको प्रतिकित्ता एक सय रुपियाँका दरले ६२ लाख ५० हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको छ । 
 
कोषले सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुटयाएको करिब २० प्रतिशत सेयरको प्रत्याभूति व्यवस्थापन गरेको हो । कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपियाँ रहेको छ । 
सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका कार्यकारी निर्देशक रमण  नेपाल र ग्रिन भेन्र्चका अनिल अग्रवालले मङगलबार सम्झौता–पत्रमा हस्ताक्षर गरे । आयोजनाले रामेछाप र ओखलढुङगा जिल्लाको सिमानामा  रहेको लिखु खोलाबाट ५२.४  मेगावाट विद्युत उत्पादन गर्न लागेको छ । आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया