भर्खरै

नगरप्रमुखको उदाहरणीय काम नगरवासीलाई निःशुल्क बिजुली, नगरवासीमा छायो खुसी

  • प्रकाशित मिति : बिही, पौष २, २०७७
  • - Admin
title

काठमाडौं १ पुस । रौतहटको फतुवा विजयपुर नगरपालिकाले नगरवासीको बिजुलीको महसुल तिरिदिएको छ । जिल्लाको पश्चिमी भेगस्थित रहेको फतुवा विजयपुर नगरपालिकाले नगरभरका आठ हजार छ सय घरधुरीको ३९ लाख रुपियाँ विद्युत महसुल तिरिदिएको हो ।
 
 नगरप्रमुख गोपालप्रसाद यादवले बुधबार नगरवासीको तीन महिनाको विद्युत महसुल बुझाउनु भएको हो । गत असोज १ गतेदेखि बुधबारसम्मको जम्मा तीन महिनाको गरी उक्त बिजुली महसुल नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहलाई बुझाएको नगरप्रमुख गोपाल यादवले बताए ।
 
 नगरपालिकाले २०७७ असोजदेखि नै नगरवासीका लागि बिजुली महसुल  निःशुल्क गरेको छ रौतहट जिल्लामै पहिलो पटक फतुवा विजयपुर  नगरपालिकाले आफ्ना नगरवासीको बिजुली महसुल निःशुल्क गरेको हो गत असोजमा सम्पन्न भएको नगरसभाबाट नै फतुवा विजयपुर नगरपालिकाले २०७७ असोज १ गतेदेखि  नगरभित्रका सबैको बिजुली महसुल तिरिदिने योजना ल्याएको थियोे सोही योजना अनुसार सबै घरधुरीको बिजुली महसुल तिरिदिएको नगरप्रमुख यादवले बताए ।
 
 पैसाको अभावमा गरिब परिवारलाई बिजुलीको महसुल बुझाउन निकै समस्या हुँदै आएकाले आफूले नगरवासीका लागि बिजुली बत्ती निःशुल्क गरेको उनले बताए पदमा आफू रहुन्जेलसम्म नगरका कसैले पनि  बिजुली बिल बुझाउनु नपर्ने र नगरपालिकाले तिर्ने उनले बताए । 
अबको प्रत्येक महिनाको अन्तिम हप्ता बिजुली महसुल बुझाइदिने प्रमुख यादवको योजना छ । नगरपालिकाले जनताको  बिजुली बिल निःशुल्क गरेपछि फतुवा विजयपुर नगरवासी निकै खुसी भएका छन । आजको गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया