भर्खरै

बारपाकमा केन्द्रीय प्रसारण लाईनको बिजुली पुगेपछि गोरखामा ८५ प्रतिशतमा केन्द्रीय प्रसारण पुग्यो

  • प्रकाशित मिति : मंगल, मंसिर ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title
गोरखा, मंसिर । गोरखाको बारपाकमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेपछि हाल सम्म गोरखामा ८५ प्रतिशतमा केन्द्रीय  प्रसारण लाइन पुगेको छ ।
 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाको तीनकरोड रुपैयाँ लगानीमा बालुवादेखि बारपाकसम्म ११ केभी क्षमताको १० किलोमिटर दूरीमा सोमबारदेखि प्रशारण लाइन विस्तार गरेसँगै गोरखाका ८५ प्रतिशतमा केन्द्रीय प्रसारण लाइन पुगेको हो ।  
 
 वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेका अनुसार  एक महिनाभित्र पाँचसय घरमा केन्द्रीय प्रशारणको लाइनबाट विद्युतीकरण हुने बताउँदै शाखा लाईन विस्तार र घरघरमा मिटर जडानको काम मंगलबारबाट सुरु हुने उनले बताए ।   
यसअघि बारपाकका स्थानीयले एकसय ३० किलोवाट क्षमताको लघु जलविद्युतबाट बिजुली बाल्दै आइरहेका थिए । उक्त लघु जलविद्युतबाट क्षमता अनुसार उत्पादन नहुँदा बारपाकका स्थानीयले आवश्यकता अनुसार बिजुली उपभोग गर्न पाएका थिएनन् ।
 
 ‘निजी कम्पनीबाट उत्पादित बिजुली भएकाले अब कम्पनीले चाहेमा त्यो केन्द्रीय प्रशारण लाईनमा पनि जोड्न मिल्छ’ ‘अन्यथा ग्राहकले रोजेर सेवा लिन पाउने वितरण केन्द्र प्रमुख न्यौपानेको भनाई छ ।’
 
बारपाकमा ३० वर्ष अघिदेखि लघुजलविद्युत संचालनमा थियो तर चौधसय भन्दा बढि घरधुरी रहेको त्यहाँ लघु जलविद्युतले माग धान्न नसक्ने भएकोले बत्ती बाल्न पनि समस्या थियो’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ‘केन्द्रीय लाईन पुगेपछि उद्योग चलाउन, स्वास्थ्य चौकी, वडा कार्यालयबाट सेवा दिनपनि सहज हुनेछ ।’ सोमबार केन्द्रीय प्रशारण लाईनको उद्घाटन गरेका अध्यक्ष भट्टले भूकम्पको केन्द्रबिन्दु भएकाले बारपाकमा व्यवसाय गर्न, त्यहाँ बन्दै गरेको भूकम्प स्मृत्तिपार्क, विद्यालय लगायत अन्य ठाउँका लागि समेत विद्युतीकरणले थप मद्दत पुग्ने बताए ।  
 
बारपाकका सबै घरमा बिजुली बलेपछि गोरखामा ८५ प्रतिशत सर्वसाधारण केन्द्रीय प्रशारण लाईनको पहुँचमा रहनेछन् । अन्य केहि ठाउँमा लघु जलविद्युतबाट सेवा लिईरहेको केन्द्र प्रमुख न्यौपानेले बताए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago