भर्खरै

भारतमा निर्माण भएको निम जि–ईलेक्ट्रिक अटो नेपाली बजारमा

  • प्रकाशित मिति : सोम, मंसिर २९, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,  मंसिर । नेपालको एक प्रतिष्ठित व्यावसायिक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा उत्पादन तथा निर्माण भएको निम जि–ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ ।
 
यस अटोलाई एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको हो ।
 नेपालमा हाल डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरु विस्थापित गर्नका लागि साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तीव्र रुपमा बढिरहेको छ ।
 
डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जाने कम्पनीले जनाएको छ । अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित निम जि, ईलेक्ट्रिक अटोको नेपाल अधिराज्यभर आइतबारदेखि बिक्री वितरणको शुभारम्भ गरेको छ ।
यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ वर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ । यो अटोलाई ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुव थापाले बताए । कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ वर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए ।
 
त्यस्तै कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि.प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए । कम्पनीका अनुसार निम जि, ईलेक्ट्रिक अटोको शुभारम्भ मूल्य रू. ८,४९,००० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago