पेट्रोलमा एक रुपैँया र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढ्यो

  • प्रकाशित मिति : आईत, मंसिर २८, २०७७
  • - विद्युत संसार संवाददाता
title

२८ मंसिर, काठमाडौं । शनिबार  रातिबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले 
 
पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको  मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
 
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचि अनुसार पेट्रोलको प्रतिलिटर १०९ रुपैयाँमा पुगेको छ भने डिजेल र मटीतेल ९१ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया