भर्खरै

विद्युतको ३८ करोड बक्यौता उठेन, उपभोक्ता समितिले ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई बुझाएन

  • प्रकाशित मिति : मंगल, मंसिर २३, २०७७
  • - रासस
title
मंसिर २३ काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले बताए । 
 
कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भने “समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।” विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ । सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago