नेपाल–भारत बीच दुईदिने ऊर्जा बैठक बस्दै, प्रसारणलाइन निर्माण र ऊर्जा आदानप्रदान मुख्य एजेण्डा

  • प्रकाशित मिति : आईत, मंसिर २१, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, मंसिर  । नेपाल र भारत सरकारबीच ऊर्जासम्बन्धी संयुक्त कार्यदलको दुई दिने बैठक बस्ने भएको छ ।
 
दुई देश बीच यहि मंसिर २५ र २६ गते भर्चुअल माध्यमबाट ऊर्जा बैठक बस्ने भएको हो । 
 
बैठकको मूख्य एजेण्डा अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा आदानप्रदान रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अनुसार यो बैठक सहसचिव र सचिवस्तरमा हुन लागेको संयुक्त कार्यदलको बैठक हो । विश्वभर फैलिएको कोभिड १९ को जोखिमका कारण अनलाइनमार्फत हुन लागेको मन्त्रालयले जनाएको छ । उक्त बैठकमा अघिल्ला बैठकहरुमा छलफल भएर  पनि नटुङ्गिएका विषयहरुलाई आसन्न बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ । 
 
सन् २०१४ मा नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा संयुक्त कार्यदल बनाइएको हो । यसअघि सात वटा बैठकहरु सम्पन्न भइसकेका छन् । बैठकमा यसअघि सहमति भएर कार्यान्वयन हुन बाँकी रहेका विषयहमा पनि छलफल हुने मन्त्रालयका स्रोतले जनाएको छ ।

प्रतिक्रिया